Logo

प्रमुख समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकमा पारित गर्न नदिने ओलीको उद्घोष



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट अघि बढाउन नदिने उद्घोष गरेका छन् । उनले हाल प्रतिनिधिसभामा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक व्यापक छलफलबिना पारित गर्न नपाइने बताएका हुन् ।

‘फाष्ट ट्रयाक किन ? १८ वर्ष बित्यो । एक महिनामा हुन्छ भन्ने, दुई दिनमा छलफल नै गर्न नदिइकन बहुमत छ, भनेर यसप्रकारको मजाक गर्न पाउनुहुन्छ तपाई नेपाली जनतासँग ?’, बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘संसदजस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरीकन फास्ट ट्रयाक तपाईँलाई अहिलेको अहिले किन चाहियो ? यसको विरोध हुन्छ ।’

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १८:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।