काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज (शुक्रबार) लाओस्सँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअोसबीच फाइनल खेल हुँदै छ ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार डलर पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । नेपालले जारी प्रतियोगिताको अघिल्लो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपाल र लाओस्बीचको हेड टु हेडमा पनि नेपाल अगाडि छ । अहिलेसम्म भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा लाओसविरुद्ध नेपालले एक जित र एक बराबरी खेलेको छ ।




















प्रतिक्रिया