काठमाडौं । नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप लगाएको छ । रामपुरमा शुक्रबार मतदान भएको थियो ।
उक्त निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ ।
चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव घाइते भएको भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । उक्त घटनाको छानबिन गरी निर्वाचन रद्द गर्नुका साथै घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसले माग गरेको छ ।




















प्रतिक्रिया