काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमितिको बैठकले चार निर्णय गरेको छ । एन्फाको असन्तुष्ट समूहको बहिष्कारको बाबजुत शनिबार बसेको आकस्मिक कार्यसमितिको बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने लगायतको चार निर्णय गरेको हो ।
बैठकमा उपाध्यक्षत्रय बिराजजंग शाह, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहेका थिए ।
अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नेपाली राष्ट्रिय फुटवल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई माग गर्ने, फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने, प्रतियोगितामा सहभागिता जनाइदिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गर्नेलगायतका निर्णय गरको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार लाओसलाई २–१ गोल अन्तरले हराउँदै नेपालले थ्री नेसन्सको उपाधि जितेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री स्वयं उपस्थित भएर विजेता टोलीलाई पुरस्कार हसतान्तरण गरेका थिए ।
निर्णयहरु हेर्नुहोस्





















प्रतिक्रिया