Logo

प्रमुख समाचार

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग्यताबिनाका व्यक्ति मन्त्री भएका टिप्पणी गरेका छन् । पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्न योग्यता पुग्ने टिप्पणी गरेका हुन् ।

‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, ओलीले भने भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले बताए । उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् । आउँदै आउँदैन उनलाई ।’

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १८:३२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।