Logo

राजनीति

उपनिर्वाचन : बारा–२ मा लाेसपाले जसपालाई सघाउने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ । यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिने बताएपनि अहिले जसपा अध्यक्षसमेत रहेका यादवलाई सघाउने घोषणा गरेका हुन् ।

वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने बताए । उनले स्थानीय जनताको माग आफू बारा–२ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १९:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।