Logo

प्रमुख समाचार

एमालेबाट बारा २ मा पाैडेल उपनिर्वाचन लड्दै



काठमाडौं । नेकपा एमालेले उपनिर्वाचन हुने तीन क्षेत्रमध्येको एक बारा २ मा पनि उम्मेदवार टुंग्याएको छ । यसअघि चितनव २ र तनहुँ १ को मात्र उम्मेदवार तय गरेको एमालेले बारा २ को टुंग्याएको हो ।

एमालेले बारा २ मा पुरुषोत्तम पौडेललाई अघि सारेको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तय भएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगो लगाएको हो ।

यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०७:१३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।