Logo

राजनीति

राष्ट्रियसभा अध्यक्षले लिए राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अर्थमन्त्री डा।प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिउँदै स्वास्थ्य लाभको कामना गरे ।

यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए । उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए ।

पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १२:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।