काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उपनिर्वाचन कसैलाई पनि सत्तामा पुग्ने भर्याङ हुन नहुने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘चुनाव केही वर्ष/महिनामा अमुक पार्टी, नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन। यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि–अवसर हो’, उनले ट्विटरमा लेखेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दैछ। रोकौं।’
आगामी वैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ।




















प्रतिक्रिया