बारा । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा स्वतन्त्र व्यक्ति गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लसपालगायको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहले उम्मेदवारी दर्ता गराएका हुन् । साथै रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।




















प्रतिक्रिया