काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक सय दिन पुगेको छ । सरकार सय दिन पुगेको अवसरमा सरकारले आफ्नो उपलब्धि सार्वजनिक गरेको छ ।
पुस १० गते एमाले, राप्रसासहितका दलहरुको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारले माजिक न्याय, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकता दिएर काम गरेको दाबी गरेको छ । यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले सरकारले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको सरकरको दाबी छ ।
सरकारकै दाबीअनुसार यी हुन् सरकारकाे एक सय दिने प्रमुख उपलब्धिहरू:-
१. गत २०७९ पुस १८ र १९ गते दुई दिन नेपाल सरकारका सबै मन्त्रालय तथा केन्द्रीय स्तरका कार्यालयहरूका सचिव र विशिष्ट श्रेणीका पदाधिकारीहरूसँग आ-आफ्नो मन्त्रालय तथा निकायका प्रमुख कामहरू र सम्बोधन गर्नुपर्ने मुख्य सबालहरू बारेमा छलफल गरी विभिन्न मन्त्रालय तथा निकायहरूबाट तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने तथा सेवा प्रवाहलाई चुस्त बनाउन अविलम्ब गर्नुपर्ने कार्यहरूका सम्बन्धमा विभिन्न निर्देशनहरू पनि दिइएको थियो ।
सचिवहरूलाई दिएको निर्देशन र प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा व्यक्त विचारहरू तथा वर्तमान सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा समेटिएका विषयहरूलाई प्रभावकारी¸ परिणाममुखी र समयबद्धरूपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित सरोकारवाला निकायको सहभागितामा एकीकृत कार्ययोजना तयार भएको छ । त्यसको प्रारम्भिक नतिजाहरू आउन सुरु भइसकेका छन् भने कतिपय नतिजाहरू केही समयपश्चात् जनताले अनुभूति गर्ने गरी आउनेछन्। एकीकृत कार्ययोजनाभित्र शासकीय सुधार, आर्थिक तथा पूर्वाधार, सामाजिक विकास र अन्तसम्बन्धित विषय समावेश छन् ।
(क) शासकीय सुधारका क्षेत्रमा संसदको अधिवेशनमा प्राथमिकताका साथ पेश गरिने २८ विधेयक, प्राथमिकताका साथ तर्जुमा गरिने १० नियमावली र नीति लगायत संरचनागत परिवर्तन र सुधारका लागि यातायात व्यवस्थापन प्राधिकरण लगायत विभिन्न आयोग, कार्यदल र समितिहरुको गठन र प्रभावकारी जनसेवाका क्षेत्रहरुको पहिचान र कार्ययोजना लगायत समाविष्ट छन् ।
(ख) आर्थिक तथा पूर्वाधार राजश्व चुहावट नियन्त्रण र संकलनमा वृद्धि, चालु खर्च कटौती, आर्थिक पुनर्संरचनाका लागि आवश्यक संरचनागत सुधार, उद्यमशीलता विकास, स्वदेशी उत्पादनको प्रवर्धन र रोजगारी सिर्जनाका लागि मेक इन नेपालको अवधारणा, ठूला आयोजनाहरुको नतिजामूलक सूचक तयार पारी कार्यतालिका बनाई अनुगमन गर्ने, खाद्य आवास तथा खानेपानीको क्षेत्रका पूर्वाधार, उर्जा विकास, सार्वजनिक यातायात, सार्वजनिक यातायात र सडक पूर्वाधार, सुकुम्बासी समस्या समाधानको दीर्घकालीन कार्ययोजना लगायतका विषय समाविष्ट छन् ।
(ग) सामाजिक विकासको क्षेत्रअन्तर्गत गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकास, स्वस्थ नेपाली निरोगी नेपालको अवधारणा, मर्यादित श्रम र सामाजिक संरक्षण सम्बन्धि विषय समावेश छन् ।
(घ) अन्तर्सम्बन्धित विषयअन्तर्गत महिला सहभागिता, सशक्तिकरण, समावेशिता, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय, संघीयता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन लगायतका विषयहरु समाविष्ट छन् ।
२. जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको छ । अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखेर काम शुरू गरिएको छ। तदनुसार संवत् २०७९ पुस ११ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारले प्राथमिकतामा राखेका विषयमा विभिन्न नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका विषयहरू ।




















प्रतिक्रिया