Logo

प्रमुख समाचार

एमालेबाट मधेस प्रदेश सरकारमा रहेका मन्त्रीहरुले दिए राजीनामा



जनकपुरधाम । नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा रहेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधन प्रसाख सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको आग्रहपछि आज (मंगलबार) अपराह्न उनीहरुले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संघीय सरकारमा गठबन्धन फेरिएलगत्तै मधेस सरकारबाट पनि एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेशको संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा एमालेका चारै जना मन्त्रीले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । एमालेका मन्त्रीहरुले मंगलबार अपराह्नसम्म राजीनामा नबुझाए आफैले पदमुक्त गर्ने तयारीमा मुख्यमन्त्री यादव थिए ।

मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने तयारी भइरहेको छ । जनमत पार्टीबाट मधेस प्रदेश सरकारमा दुई जना मन्त्री छन् । बसन्तप्रसाद कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १६:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।