Logo

राजनीति

उम्मेदवार बन्न अयोग्य रहेकाे भन्दै उजुरी परेपछि रवि लामिछानेलाई आयाेगले साेध्याे स्पष्टीकरण



काठमाडौं । उम्मेदवार बन्न अयोग्य रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन २ का उमेदवार रवि लामिछानेविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ । सोमबार भएको उमेदवारी दर्ताविरुद्ध मंगलबार तीनजना उमेदवारले उमेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका हुन् ।

स्वतन्त्र उमेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उमेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।

त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उमेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । भोलि दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १७:४२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।