Logo

राजनीति

उपनिर्वाचन जित्नेगरी लागिपर्न नेता–कार्यकतालाई सत्ता गठबन्धनको निर्देशन



काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पर्ने गरी लागिपर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । आगामी १० वैशाखमा चितवन २, नतहुँ १ र बारा २ मा प्रतिनिधिसभा उपनिर्वाचन तय भएको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

गठबन्धन दलका तर्फबाट चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, तनहुँ १ मा कांग्रेसकै गोविन्द भट्टराई र बारा २ मा जनता समाजवादी पार्टीका अध्ययक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको छ ।

गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक छ । यसर्थ, गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था/संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:३७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।