Logo

प्रमुख समाचार

कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने, कुन दलबाट कति ?



काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने भएका छन् । सभामुख देवराज घिमिरेसहित दलका प्रतिनिधिहरुको बैठकले समितिमा रहने संख्या निर्धारण गरेको हो ।

समिति सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रधिनिधिसभा नियावलीले नै यसको व्यवस्था गरेको छ।

१३ वटा राजनीतिक दल र एक सिट भएका र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बन्नेछ । जसअनुसार समितिमा कांग्रेसका ६, एमालेका ५, माओवादीका २ र अन्य दलका १÷१ जना सांसद् सदस्य रहेन् छन् ।

समितिमा सभामुख, उपसभामुख र कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुन्छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १६:५०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।