काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप २ जनाको नाम टुंग्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको हो ।
अनलाइनपानालाई प्राप्त जानकारीअनुसार नारायणप्रकाश (एनपी) साउद र मोहनबहादुर बस्नेतलाई सरकारमा पठाउने सहमति भएको छ । साउद गत ४ मंसिरको चुनावमा कञ्चनपुर २ बाट र बस्नेत सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ। यसअघि गत चैत १७ गते उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाललाई पठाइएको थियो।




















प्रतिक्रिया