काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालविरुद्ध भियतनामले ३–० गोलको अग्रता बनाएको छ ।
खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी हुन् । त्यसअघि खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै भियतनामलाई २–० को अग्रता दिलाइन् । खेलको ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले एक गोल थप्दा भियतनामले ३–० को अग्रता बनाएको हो ।




















प्रतिक्रिया