Logo

खेलकुद

आईपीएल : कोलकत्ता र बेंग्लोर खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज बिहिबार एक खेल हुँदैछ । आजको खेलमा कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुनेछ । यो खेल दुवै टोलीको यस सिजनको दोस्रो खेल हो ।

पहिलो खेलमा बेंग्लोरले घरेलु मैदानमा मुम्बई इन्डियन्सविरुद्ध ८ विकेटको सहज जित निकालेको थियो । बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

पन्जाबको घरेलु मैदानमा पहिलो खेलमा डीएल मेथडमा ७ रनले पराजित कोलकत्ता पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा जित हात पारेको बेंग्लोर २ अंकका साथ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ । उता, पहिलो खेलमा हार व्यहोरेको मुम्बई २ अंकका साथ नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ११:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।