Logo

राजनीति

बारा-२ मा भोट माग्दै माधव नेपालले भने– सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ



बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र ससदलाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको खाँचो रहेको बताएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवका लागि मत माग्न बारा पुगेका उनले राष्ट्रिय राजनीतिमा यादवको आवश्यक्ता औँल्याएका हुन् ।

‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु’ उनले भने। बुधबार साँझ कलैया पुगेका उनले बारा–२ मा यादवको जित सुनिश्चित रहेको पनि बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १४:००   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।