काठमाडौं । वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि निर्वाचन नसकिएसम्म आचारसंहिता लागू हुने जानकारी दिएका छन् ।
उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा २ मा हुँदैछ । चितवन २ मा गत मंसिर ४ को आमनिर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठरिएपछि उपनिर्वाचन हुन लागेको हो । यद्यपि अहिले उनले कानूनी रुपमा नागरकता लिइसकेका छन् भने उपनिर्वाचन लड्न पुनः उम्मेदवारी दिएका छन् ।
यसैगरी तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ मा जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।




















प्रतिक्रिया