काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भियतनामले २–० गोलको अग्रता बनाएको छ ।
दुबै गोल भियतनामका फाम हाइ यनले गोल गरेकी हुन्। खेलको छैटौं मिनेटमा फामले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेट नबित्दै सातौं मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २–० को अग्रता दिलाइन् ।
नेपालले पनि केही राम्रा अवसर खेल फालेको छ ।




















प्रतिक्रिया