Logo

प्रमुख समाचार

एमाले सचिव लेखराज भट्टसँगको भेटपछि के भन्छन् प्रधानमन्त्री प्रचण्ड ?



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरमै पुगेर नेकपा एमालेका केन्द्रीय सचिवलेखराज भट्टसँग भेटवार्ता गरेका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा छिरेका हुन् ।

भट्टको घरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताए । प्रधानमन्त्रीले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ’, उनले भने, ‘सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’

नेकपा विभाजनको बेलामा एमालेतिर लागेका भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत हुन् । पूर्वमाओवादी धारका नेता भट्टले पनि प्रचण्डसँग आफ्नो पारिवारिक सम्बन्ध भएको बताए ।

  • याे पनि…

पूर्व सहकर्मी लेखराज भट्टलाई भेट्न घरमै पुगे प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १२:२५   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।