Logo

प्रमुख समाचार

घुस प्रकरणमा मुछिएका श्रेष्ठलाई रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण, अनुशासन समितिले छानबिन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस डिगरेको अडियो बाहिरिएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग श्रेष्ठले दुई करोड बार्गेनिङ गरेको अडिओ आज आइतबार कपुरबोट टिभीबाट सार्वजनिक भएपछि रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

यसैगरी उनीमाथि छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन पनि दिएको छ । सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुलुक ढकालले बताए ।

छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १६:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।