Logo

प्रमुख समाचार

गृह मन्त्रीले मेयर बालेनलाई प्रश्न– ‘सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ?’



चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर उठाउँदिन भन्न नमिल्ने तर्क गरेका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘सार्वजनिक रूपमै मेयर साहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्ने मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् ।

मेयर साहको यस्तो कदमले महानगरपालिका र स्वयं मेयरलाई समाजका अगाडि कसरी प्रस्तुत गर्छ भन्ने कुरा स्वयंले नै सोच्नुपर्ने गृहमन्त्री श्रेष्ठले बताए । शनिबार मेयर साहले सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

साथै उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालयले काठमाडौं महानगरसँग समन्वय गर्न तयार रहेको पनि बताए । ‘समन्वय गर्नलाई यो यो समस्या छ, यसलाई यसरी समाधान गर्नुपर्छ भनेर पुष्टि हुनेगरी भनेपछि सहयोग गर्ने कुरा हुन्छ, त्यसमा गृह मन्त्रालय समन्वयबाट पछि हट्दैन ।’

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १२:४२   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।