Logo

प्रमुख समाचार

ढाकाकुमारको ‘घुस डिल’ प्रकरणबारे संसदमा रास्वपाका प्रमुख सचेतकले मागे माफी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँको डिल गरेको अडियोबारे संसदमा माफी मागेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका हुन् ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत् भएको घटनाका कारण तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने। उनले अडियो प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र छानबिन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि बताए ।

सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको र अडियोबारे सांसद ढाकाकुमारलाई २४ घन्टे स्पष्टीकरण सोधिएको उनले जानकारी गराए । रास्वपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेका श्रेष्ठले प्रसाईंसँग माघ १ गते दुई करोडको डिल गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:०५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।