काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमा जोसुकैले गल्ती गर्ने पनि कारबाही भागीदार बन्ने बताएका छन् । रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो आइतबार सार्वजनिक भएको सन्दर्भलाई लिएर उनले यस्तो बताएका हुन् ।
चितवनमा आयोजित कार्यक्रममा उनले उपनिर्वाचनको ठीक अघि आफ्ना उक्त अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि पनि जनाए । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् । ‘यो यतिबेला अडियो किन ल्याइयो रु अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन,’ चितवनमा भएको चुनावी कार्यक्रममा लामिछानेले भने, ‘निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । जसले गल्ती गरेपनि कारबाही गर्ने सक्ने छाती लिएर हिंडेको छु ।’
अडियोमा आफ्नो वरपर रहेका व्यक्तिलाई पनि मुछिएको उल्लेख गर्दै उनले तिनलाई कारबाही गर्न अख्तियारमा निवेदन दिने बताए । ‘मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ । अख्तियारमा म आजै निवेदन दिन्छु ।’ पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्याउने क्षमता आफूहरुसँग रहेको लामिछानेले बताए ।




















प्रतिक्रिया