काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.ढाकाकुमार श्रेष्ठले ‘घुस डिल’ प्रकरणमा निर्दोष रहेको जिकिर गर्दै आफूलाई सुनयोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् । उनले आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री हुन लागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माघ १ गते टेलिफोटमार्फत दुई करोड डिल गरेको अडिओ आइतबार बाहिरिएको थियो । तर ती सबै अडियो इडिट गरेर बनाइएको भन्दै त्यसमा सत्य नभएको उनले बताए।
पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले अडियो इडिट गरेर बनाइको र आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउनेसमेत बताए । ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला’, उनले भने ।
आफ्नो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो परेको भन्दै उनले क्षमायाचना पनि गरे । ‘मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु’, उनले भने, ‘यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’




















प्रतिक्रिया