Logo

प्रमुख समाचार

अडियो इडिट गरेर बनाइएको कि जनवरीमा भएको अहिले ल्याइएको ? बाझियो स्वयं ढाकाकुमारकाे तर्क



काठमाडौं । ‘घुस डिल’ प्रकरणमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ स्वयंको तर्क बाझिएको छ । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर एकातिर गरिरहेका छन् भने अर्को तर्फ पार्टीलाई उपनिर्वाचनमा हराउने मनसायले ‘जनवरीमा भएको’ आफ्नो अडियो अहिले सार्वजनिक गरिएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे । ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो’, उनले भने ।

करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् । पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उनले जवाफ दिएनन् ।

श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने दाबी गरे । अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा मागेका छन् ।

  • याे पनि…

‘घुस डिल’ प्रकरणमा ढाकाकुमार भन्छन्– सुनियोजित रुपमा फसाउन खोजियो, न्यायालयबाट क्लिन चिट लिउँछु

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १९:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।