काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष ढुक्कले चल्ने बताएका छन् । उनले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै प्रचण्डको नेतृत्वमा तीन वर्ष सरकार चलाउने सहमति भएको दाबी गरे ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्री यस्तो बताएका हुन् । उनले कांग्रेस सभापति ‘शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्ने बताए ।
‘शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्छ । आलोपालो सरकार भनेका छौँ । हामीले घोषित रुपमै कुरा गरेका छौँ । त्यसैले पहिलो चरणको सरकारको नेतृत्व प्रचण्डले गर्नुहुन्छ, गरिरहनुभएकै छ । त्यस पछाडि शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्छ’, उनले भने, ‘अविश्वास पनि छैन । नेपाली काँग्रेस आफैँभित्र सरकार निर्माण, मन्त्रिपरिषद् बिस्तारका बारेमा आफ्ना विभिन्न मतहरु छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । टिआरसी टुंग्याउनका निमित्त प्रचण्ड र शेरबहादुर स्वयंले सभामुख र प्रमुख प्रतिपक्षसँग संयुक्त रुपमा डिल गरिराख्नुभएको छ । हिजो जे विगतमा समझदारी विकास गरिएको थियो सो समझदारी अनुसार नै गइराखेको छ ।’




















प्रतिक्रिया