काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस डिल गरेको अडियो बाहिरिएपछि स्पष्टीकरण सोध्नुका साथै पार्टीको अनुशासन तथा आचरण समितिले श्रेष्ठमाथि छानबिन गरेको थियो ।
समितिले मंगलबार बुझाएको प्रतिवेदनका आधारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।




















प्रतिक्रिया