काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो समूहको आज (बिहीबार) बिहान बालुवाटारमा बसेको बैठकमा नेता कोइरालाले आफूहरुले तीन मन्त्रीसहित एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।
‘हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछौँ’, समूहका नेताहरुलाई कोइरालाले ब्रिफिङ गर्दै भनेका थिए, ‘तर हामी उपनिर्वाचनपछिमात्रै सरकारमा सहभागी हुनुपर्छ ।’
सो समूहमा धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीनजना मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय नभएको स्रोतले जानकारी दियो ।
त्यसैगरी कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल गरेका छन् । सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ । त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको बताइएको छ ।




















प्रतिक्रिया