Logo

खेलकुद

आईपीएलमा आज पन्जाब र गुजरात भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बिहिबार एक खेल हुँदैछ । आजको खेलमा पन्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुँदैछ । पन्जाब र गुजरात दुवैले आ–आफ्नो चौथो खेल खेल्दैछन् । दुवै टोलीले तीन खेलमा समान दुई खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा गुजरातले चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने कोलकत्ता नाईटराईडर्ससँग पराजित भएको थियो । गुजरात अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

उता, पन्जाबले पहिलो र दोस्रो खेलमा कोलकत्ता नाईटराईडर्स र राजस्थान रोयल्सलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने सनराईजर्स हैदराबादसँग पराजित पन्जाब अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १२:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।