Logo

प्रमुख समाचार

कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाएकोमा आपत्ति जनाएका छन् । उनले महानगर प्रमुख बालेन साहको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन् ।

नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ।’

सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्न नमिल्ने उनको भनाइ छ। ‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ’ उनले भनेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १४:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।