काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । ‘८४औँ पटक रक्तदान गर्दै २०८० को प्रथम रक्तदाता बन्न पाउँदा हर्षितछु’, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन् ।
युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा. धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५७ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिए ।




















प्रतिक्रिया