Logo

प्रमुख समाचार

रवि लामिछानेले दिए आगामी निर्वाचनमा हाम्रो घण्टीले अरु दलको बाजा बजाउने चेतावनी



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा हाम्रो घण्टीले अरु दलको बाजा बजाउने चेतावनी दिएका छन् । पछिल्लो समय आफूहरुमाथि निरन्तर रुपमा आक्रमण भइरहेको पनि बताएका छन् ।

शुक्रबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर ४ को आम निर्वाचनमा रास्वपाले पाएको जनमतबाट आत्तिएर आफूहरुमाथि निरन्तर आक्रमण भइरहेको उनको भनाई छ ।

‘हामीले एउटा घण्टी गत निर्वाचनमा बजायौं । त्यो घण्टीको आवाज त्यति ठूलो थिएन, अलिकति सानैं थियो । तैपनि २० जना साथी संसद् गयौं । यसबाट सायद आत्तिएर होला, तर्सिएर होला, अबको चुनावसम्म त यिनको घण्टी बज्छ, यिनको घण्टी होइन, हाम्रो बाजा बज्छ भनेर होला हामीलाई चारैतिरबाट आक्रमणमाथि आक्रमण, निरन्तर आक्रमण भइरहेको छ,’– उनले भने ।

नेपाली जनताले खोजेजस्तो लहरका साथ आफूहरु राजनीतिमा आएको उनको दाबी छ । नेपालीहरुले एउटा युग पर्खिएर परिवर्तनका लागि आफूहरुको एजेण्डा स्विकार गरेको उनको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १६:००   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।