काठमाडौं । नेपाली राष्ट्रि फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको लिगा वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । पर्सिकले सामाजिक संजालबाट रोहितले नयाँ सिजनका लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै रोहितले लगातार दोस्रो सिजन पर्सिकबाट खेल्ने भएका छन् । रोहित गत वर्ष पर्सिकमा अनुबन्धित भएका थिए । पर्सिक अघि रोहितले पर्सिजा जकार्ताबाट खेलेका थिए ।
३१ वर्षीय रोहितको यो तेस्रो इन्डोनेसियाली क्लब हो । रोहितले सुरुआतमा पीएसपीएस पेकान्बारूबाट खेलेका थिए ।




















प्रतिक्रिया