Logo

प्रमुख समाचार

विश्वकाे सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं



काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरका सूचीको पहिलो नम्बरमा परेको छ । आईक्यू अएरले गरेको मापनअनुसार काठमाडौं प्रदूषित शहरमा विश्वकै पहिलो नम्बरमा परेको हो ।

काठमाडोंको एयर भिजुअल सूचक आइक्यू २०८ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ। जसअनुसार खतरामुक्त नै भएपनि विश्वका अन्य शहरभन्दा बढी प्रदूषित देखिएको हो ।

थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र भारतको कोलकत्ता तेस्रो नम्बरमा रहेको छ । पाकिस्तानको लाहोर चौथो, बंगलादेशको ढाका पाचौँ र बैंककको थाइल्याण्ड प्रदूषित शहरको छैटौं नम्बरमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १२:०६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।