Logo

समाचार

सरकारद्धारा वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने



काठमाडौं । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् आफ्ना बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेकाे छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०७:०५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।