काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीहरुको नाममा जम्मा गरिदिने घोषणा गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले संघसँगै प्रदेशका सांसदहरुलाई पनि आफूले जस्तै महिनाको तीन हजार रुपैयाँ खेलाडीहरुका लागि छुट्याउन आग्रह गरेका छन् । ‘हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैया प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ’, उनले भनेका छन् ।




















प्रतिक्रिया