Logo

समाचार

रविका गाडी चालक शम्भुलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं ल्याइयो



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापा ‘शम्भु’लाई थप उपचारको काठमाडौं ल्याइएको छ । छतबाट खसेर गम्भीर घाइते भएका थापालाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

उनको थप उपचार काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा हुने भएको छ । सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको काठमाडौं ल्याइएको लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १७:५९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।