Logo

खेलकुद

एसीसी कपमा कुवेतविरुद्ध यूएईको शानदार जित




काठमाडौं । एसीसी प्रिमियर कपमा यूएईले कुवेतविरुद्ध शानदार जित निकालेकाे छ । टियु मैदानमा बुधबार भएको खेलमा यूएईले कुवेतलाई १ सय ४३ रनले पराजित गरेको हो । यूएईले दिएको ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६ दशमलब ३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भयाे ।

कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए । प्रविन्दर कुमारले २६ बलमा ५३ रनको सानदार अर्धशतकीय ईनिङ खेले । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए । यूएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ तथा जाहोर खान,रोहन मुस्ताफा,सचित शर्मा र आयान खानले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो । यूएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित शतकीय ईनिङ खेले । अरबिन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए । मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्का १ सय १८ रन बनाए ।

चार दशमलब चार ओभरमा २४ रन बनाएर तीन विकेट गुमाएरको स्थितीमा पुगेको युएईका लागि मुस्ताफा र अरबिन्दले शतकीय साझेदारी गरेर टोलीलाई बलियो योगफलसम्म पुर्याएका थिए । मुस्ताफा र अरबिन्दबीच चौथो विकेटका लागि २ सय ७५ रनको विशाल साझेदारी भएको थियो । दुईबीचको साझेदारी कुवेतका सयद मनिबले तोडेका थिए । आसिफ खानले ८ बलमा ३० रन बनाए ।

कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब,यासिन पटेलले समान १/१ विकेट लिए। फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । जितसँगै युएई समूह बी मा २ अंकका साथ शीर्ष चौथो स्थानमा रहेको छ । हारबाट प्रतियोगिता सुरुआत गरेको कुवेत अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

वैशाख १८ सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । विजेता टोली एसीया कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १९:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।