काठमाडौं । अहिले काठमाडौंलगायत विभिन्न सहरमा प्रदूषण बढेको छ । वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेको पाइन्छ । वायु प्रदूषणका कारण भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा परेको छ ।
वायु प्रदूषण बढ्नाका कारणमा बढ्दो सहरीकरण, सवारी साधनको अत्यधिक प्रयोग, पुराना सवारी साधन विस्थापित गर्न नसक्नु, कलकारखाना मानव बस्ती नजिक हुनु, फोहोर मैला जथाभावी फाल्नु, घरवरपरको धुलो र धुवाँलाई नियन्त्रण गर्न नसक्नु, किटनाशक औषधिको जथाभावी प्रयोग गर्नु लगायतका कारणले हुने गर्दछ ।
वायु प्रदूषणबाट बच्ने उपाय
अहिलेको अवस्थामा प्रदूषणबाट बच्न अनिवार्य रूपमा मास्क लगाएर हिँड्ने ।
खानपान र जीवनशैलीमा विशेष ध्यान दिने ।
बालबालिका र वृद्धवृद्धालाई भिडभाडमा नलैजाने ।
वनजंगल फडानी नगर्ने र वृक्षारोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने ।
पुराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने ।
डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने ।




















प्रतिक्रिया