Logo

खेलकुद

ओमानसँग टस हारेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको छ । कीर्तिपुरस्थित खेल मैदान (टियु)मा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । वैशाख १८ गतेसम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०८:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।