Logo

खेलकुद

एसीसी प्रिमियर कप : कुवेत २ विकेटले विजयी



काठमाडाैं । एसीसी प्रिमियर कपमा कुवेतले जित निकालेकाे छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ५५ रन बनाएका थियाे ।

दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए ।

बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए । बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले चार विकेट लिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १७:४१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।