काठमाडौं । एसीसी प्रिमियर कपमा आज आईतबार दुई खेल हुँदै छ ।
मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना भएको छ । मुलपानी मैदानमा हुने खेलमा समूह ‘ए’ का मलेसिया र ओमानबीच खेल हुदै छ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘बी’ का युएई र सिंगापुरबीच खेल हुदै छ । दुवै खेल बिहान नौ बजे सुरु भएको हो ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।




















प्रतिक्रिया