Logo

खेलकुद

मलेसियाविरुद्ध ओमान ८ विकेटले विजयी



काठमाडौं । काठमाडौंमा जारी एसिसी मेन्स प्रिमियर कपमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा २ सय २८ रनको मध्यम लक्ष ओमनले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

मनलाई जित दिलाउन ओपनर जतिन्दर सिंहको सानदार शतक बिलयो खुड्किलो बन्यो । उनी १ सय ११ बलमा १३ चौका र १ छक्काको मद्दतमा १ सय १ रनमा नटआउट रहे । कप्तान जिशान मकसुद ५८ बलमा १० चौकासहित ५२ रनमा आउट भए । दोस्रो विकेटका लागि मकसुद र सिंहले १ सय रनको साझेदारी गरेका थिए ।

ओपनर कश्याप प्रजापतिले ६९ बलमा ९ चौका र १ छक्कासहित ६६ रन बनाए । शोएब खान २ रनमा आउट भए । मलेसियाका मोहम्मद आमिरले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । मलेसियाका युवा ब्याटर विरनदीप सिंहले १ सय ४४ बलमा १३ चौकासहित ९४ रनमा आउट भए ।

मोहम्मद स्याहादतले ६० बलमा ६ चौका र १ छक्कासहित ५५, मोहम्मद आमिर २०, सैद अजिज १८ र मोहम्मद वाफिकले १९ रन बनाए । ओमानका जिशान मकसुदले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । बिलाल खान र आयन खानले समान दुई विकेट लिए ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १६:४८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।