Logo

राजनीति

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संसदीय समितिहरुको गठन तथा संक्रमणकालीन न्याय निरुपनसम्बन्धी विधेयकलगायतका विवादित विषयमा सहमतिमा पुग्नेबारे शीर्ष नेताहरबीच छलफल सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता छ ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् ।

एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गरिनुपर्ने भनेको छ । त्यस्तै विषयगत समितिको सभापतिमा समेत सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।