काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्ले अग्रता बढाउँदै गरेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १५ हजार १३५ मतका साथ अग्रता कायमै राख्नुका साथै मतान्तर पनि बढाएका हुन् ।
वाग्लेले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् । गठबन्धनका भट्टराई भन्दा रास्वपाका वाग्ले ६ हजार ४०१ मतले अगाडि छन् ।
यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गरेका छन् । मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १११, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले ५६ र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ४६ मत पाएका छन् ।




















प्रतिक्रिया