Logo

राजनीति

चितवन-२ : अग्रता बढाउँदै रवि, गठबन्धनका श्रेष्ठ एमालेका न्याैपानेभन्दा पछि



चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो पटक प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानको अग्रता कायमै छ ।

इच्छाकामनाकाे वडा नं १, २, ३ र ४ काे जम्मा मत गन्दा लामिछानेले २ हजार ३३२ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ मत पाएका छन् । लामिछाने न्यौपानेभन्दा ९ सयभन्दा बढी मतले अगाडि छन् । यसैगरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ १ हजार ३१ मत पाएका छन् ।

चितवन २ मा गत ४ मंसिरको आमनिर्वाचनबाट रास्वपाका रवि लामिछाने नै निर्वाचित भएका थिए । तर उनी नागरिकता विवादमा अदालतबाट दोषी ठहर भएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।

आइतबार चितवन २ सहित तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको हो । तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादीका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि आइतबार तीन वटै क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:५१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।