Logo

प्रमुख समाचार

तिलोत्तमा नगरपालिकाले ल्याएको फ्रि वाइफाइमा टिकटक नचल्ने



रुपन्देही । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको १३ किलोमिटर क्षेत्रमा निःशुल्क वाईफाई उपलब्ध गराएको छ । नगरपालिकाले कार्यालयको गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले सोमबारदेखि निशुल्क सेवा सुरु गरेको हो ।

निःशुल्क उपलब्ध हुने उक्त वाईफाई कनेक्ट गर्दा प्रयोगकर्ताले केही मिनेटको विज्ञापन हेर्नुपर्ने हुन्छ । उक्त विज्ञापनमा पालिकाका विभिन्न सामग्री समावेश गरिने जनाइएको छ । यसका लागि कार्यालयले आफ्नै फाइबर बिछ्याएको छ । देशका प्रमुख सेवा प्रदायकबाट ब्यान्डविथ खरिद गरी नगरपालिकाले आफ्नै पूर्वाधारमार्फत इन्टरनेट उपलब्ध गराउन सुरु गरेको छ । नगरपालिकाले सरकारले प्रतिबन्ध लगाएका साइट उक्त वाइफाइ चलाउँदा नखुल्ने जनाएको छ । नगरपालिकाले टिकटक एप्स चलाउन नमिल्ने गरी ब्लक गरेको जनाएको छ।

पछिल्लो समय नगरपालिकाले आफ्ना १७ ओटै वडा तथा स्वास्थ्य चौकीमा आफ्नै इन्टरनेट विस्तार गरेको छ । अब कुनै पनि सेवा प्रदायकको इन्टरनेटमा समस्या आउँदा वडामा इन्टरनेट सेवा प्रभावित नहुने नगरपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १८:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।